काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा पुन: विघटन गरिएपछि सत्तारुढ नेकपा एमाले भित्रको विवाद थप चर्किएको छ । फलस्वरूप, नेकपा एमाले पुन: विभाजनको अवस्थामा पुगेको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णयमा पुगेको जानकारी गराएका छन् ।

कान्तिपुरसँगको कुराकानीमा नेता नेपालले केपी ओलीले नै अर्को पार्टी खोल्न बाध्य पारेको बताएका छन् ।

ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने आफ्नो स्थायी कमिटीको निर्णय भएकाले अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेको नेता नेपालको भनाइ छ ।
नेता नेतालले ओलीकै कारण पार्टी एकताका लागि बनेको कार्यदलको समेत औचित्य सकिएको प्रतिक्रिया दिएका छन् ।

“यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नु पर्दैन ? सोध्दै नसोधी संसद विघटन गर्ने ? केही सल्लाह गर्नु पर्दैन  ? अध्यादेश ल्याउनु अघि केही सल्लाह गर्नु पर्दैन ?” नेता नेपालको जिज्ञासा राखेका छन् ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *