काठमाडौं :भुवन केसीको अभिनय रहेको चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक भएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र सार्वजनिक गरिएको हो ।

देवचुली फिल्मस् को ब्यानरमा निर्माण भएको यस चलचित्रमा कथा, पटकथा तथा निर्देशन देव भुषालको रहेको छ । यो चलचित्र शुक्रबार सार्वजनिक भएको हो।

यस चलचित्रमा भूवन केसी, सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको साथमा नयाँ कलाकारहरू साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘मिस्टर नेपाली’ डेढ बर्ष अगाडि हलहरूमा रिलिज भएको थियो । प्रेमराज दाहालको लगानीमा बनेको यो चलचित्रले बक्स अफिसमा औसत व्यापार गरेको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *