स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ।

नेपालमा आज ८ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ३८९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
यससँगै संक्रमितको कूल संख्या ५ लाख ५ हजार ६४३ जना पुगेको छ।
आज १२९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ।
आज २० हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २८ लाख ९७ हजार ५०३ जनाको परीक्षण गरिएको छ।

