काठमाडौं :नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।

स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने नेम्वाङले बताए। बैठकमा एमालेले विवाद निरूपणका लागि बनाएको कार्यदलको कामबारे छलफल हुने र आगामी रणनीति तय गरिने पनि उनले जानकारी दिए।

