काठमाडौं । मन्त्री पदका लागि माओवादी केन्द्रबाट एमाले गएका ७ जनाको मन्त्री पद चैट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्रीको नियुक्ति बदर गरेको हो ।

योसँगै उनीहरुको मन्त्री पद गएको छ । संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।


