काठमाडौं : राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनमा एमालेका उमेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।
नेकपा एमालेकै माधवकुमार नेपाल समूह निकट मानिएका नेता डा.खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।

हेटौंडाको भुटनदेवी मतदान केन्द्रमा सम्पन्न मतगणनाअनुसार ५०८८ मतभारका साथ कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल समूहको गठबन्धनको उम्मेद्वार रहेका डा. खिमलाल देवकोटा निर्वाचित भएका हुन्। बादलको पक्षमा ४०१४ मतभार प्राप्त भयो।
स्थानीय तहतर्फ देवकोटाले १२८ मत पाउँदा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादलले १०३ मत पाए। नेमकिपाकातर्फका कृष्णबहादुर तामाङले २ मत पाए।
प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए ।

