काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयले मङ्गलबार विज्ञप्ती जारी गर्दै  उक्त जानकारी दिएको हो । मन्त्रालयले गत साता देशका विभिन्न स्थानबाट ३५ नमूना संकलन  गरेर जिन सिक्वेन्सिङ गरेर भारतको ल्याबमा पठाएकोमा ९७ प्रतिशत अर्थात ३४ वटा नमूनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमूनामा बी १.६१७.२ पुष्टि भएको जनाएको छ । यो दुबै भेरियन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

मन्त्रालयले यो भाइरस सबै उमेर र तह तप्काका लागि जोखिमपूर्ण भन्दै सचेत रहन पनि सार्वजनिक अपिल गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *