काठमाडाैं : नेकपा एमालेका नेता माधव नेपालले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा. खिमलाल देवकोटालाई मत हाल्नमा पार्टीका आफ्ना पक्षका मतदातालाई स्वविवेक प्रयोग गर्न आग्रह गरेका छन्।

मङ्गलबार नेता नेपालको सचिवालयले एक विज्ञप्ति निकालेर देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न नसक्ने बताएको छ। हिजो  बागमती प्रदेशतर्फ राष्ट्रिय सभाका अर्का उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा उपनिर्वाचनबारे छलफल गर्न नेपालनिवास कोटेश्वर पुगेका थिए।

६ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई आग्रह गरेका थिए।

नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएको नेपाल सचिवालयले जनाएको छ। जसका कारण अन्यथा गर्न नसक्ने नेपालले स्पष्ट पारेका छन्।

त्यसपछि थापाले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको र कतिपय स्थान एवं मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको पनि सचिवालयले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *