स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ।

नेपालमा आज ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १०९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ८० हजार ५२७ जना पुगेको छ।

आज २४६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ।

काठमाडौं उपत्यकामा आज २ हजार ४८६ जनामा संक्रमण देखिएको छ । आज काठमाडौंमा १ हजार ९८८, भक्तपुरमा २२८ र ललितपुरमा २७० जनामा संक्रमण देखिएको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *