हेटौंडा :बिहीबारको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौंडा आइपुगेका छन् । बागमती प्रदेशतर्फ राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि बिहीबार हेटौंडा–४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौंडा आएका हुन् । बादल बुधबार दिउँसो १ बजे हेटौंडा आइपुगेका हुन् ।

अर्का उम्मेदवार डा. खिमलाल देवकोटा यसअघि नै हेटौंडा आइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मङ्गलबारदेखि हेटौंडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।
देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिन्ह दिएको छ भने बादल सूर्य चिन्हबाट चुनाव लड्दैछन् ।

