काठमाडौं  : नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन‍मा रामबहादुर थापामगर ‘बादल’लाई मतदान गर्न ह्वीप जारी गरेको छ। एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिँदै प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/ उप्रमुखलाई पत्र पठाएका हुन्।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क, रामबहादुर थापामगर भएको जानकारी गराइन्छ।’  पत्रमा भनिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९.०० बजे देखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

पत्रमा कोरोना पिसिआर टेष्टको प्रमाण अनिवार्य लिएर आउन आग्रह गरिएको छ।

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने बताएको छ। आयोगले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधिभित्रको कोभिड १९ संक्रमण भए/नभएको पीसीआर रिपोर्ट ल्याउनु पर्ने अनिवार्य गरेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *