काठमाडौं :नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठन गरिएको संयुक्त कार्यदलको बैठक बस्नुअघि वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा ‘बादल’ कोटेश्वरस्थित निवासमा पुगेका छन्।

कोटेश्वरमा नेपाल र बादलबीच करिब आधाघण्टा भेटवार्ता भएको नेपालनिकट स्रोतले बतायो। त्यसक्रममा बादलले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

बादल राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार छन्। नेपालपक्षको समर्थनमा भने यसअघि नै खिमलाल देवकोटाले उम्मेदवारी दिइसकेका छन्।

पछिल्लो समय एमालेमा रहनसक्ने गरी नेपालपक्षले ओलीपक्षसँग संवाद अघि बढाएपछि नेपालपक्षले उपनिर्वाचनमा कसलाई सहयोग गर्ला भन्ने चासो छ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई साथ दिएकै कारण बादलसहित २३ जना माओवादी नेतालाई एमालेको केन्द्रिय सदस्य मनोनीत गरेर बादललाई नेतृत्व तहमा महत्त्वपूर्ण स्थान दिएका छन्। नेपालपक्षले यसलाई रुचाएको छैन। ओलीले कार्यदलमा बादललाई राख्न खोज्दा पनि नेपालपक्षले नै असहमति जनाएको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *