काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरेको छ। विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले अनलाइन विधि शुरु गरे पनि सीमित विद्यार्थीमात्र जोडिएका छन्।निषेधाज्ञाका कारण विश्वविद्यालयले परीक्षा भने सञ्चालन गर्न सकेको छैन।स्नातक तहको वार्षिक परीक्षा सञ्चालन गर्न नसकिए पनि अनलाइन कक्षा शुरु भएको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

विश्वविद्यालयले यसअघि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको मात्र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गरे पनि अब सबै विद्यार्थीलाई समेटेको जनाएको छ।विश्वविद्यालयमा हाल स्नातक तह प्रथम वर्षका दुई वटा समूह छन।् पुरानो पहिलो वर्षको परीक्षा कोरोना भाइरसका कारण अन्तिम समयमा आएर स्थगित गरिएको छ। स्नातक तहका नयाँ विद्यार्थीले भने फागुन अन्तिम साताबाट भर्ना भएर पठनपाठन सुरु गरेका छन्।

पुरानो पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई दोस्रो वर्षको कक्षा सञ्चालन गरिएको हो। पहिलो वर्षको परीक्षा दिन नपाए पनि समयको सदुयपोग होस् भन्ने हिसाबले दोस्रो वर्षको पठनपाठनमा जोडिएको ी नियन्त्रक जोशीले बताए।पुराना स्नातक तह प्रथम वर्षका विद्यार्थी भर्ना भएको १९ महिना भइसकेको छ। दोस्रो वर्षमा अध्ययनरत ती विद्यार्थी उपयुक्त समय आएलगत्तै पहिलो वर्षको परीक्षामा सहभागी हुनेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *