स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ।

नेपालमा आज ८ हजार २०३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।
यससँगै संक्रमितको कूल संख्या ४ लाख ७२ हजार ३५४ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ।
आज १९६ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ।
हालसम्म २८ लाख १२ हजार ९५९ जनाको परीक्षण गरिएको छ । आजको परीक्षण २० हजार ९७९ रहेको छ।

