“मिस यूनिभर्स २०२०”को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छिन् ।पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिइन्।

अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगीतामा उपाधि जितेकी एन्ड्रियाले सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी छन्।

‘यदि तपाईँ देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितेकी हुन् ।

ब्राजिलकी जुलिया गामा फस्ट रनरअप र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यस प्रतियोगीतामा नेपालकी अन्शिका शर्मा पनि सहभागी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *