काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले  शपथ पुन: लिनुपर्ने माग गरेकाे छ।

 

प्रधानमन्त्रीकाे शपथले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा आँच आएको साे पार्टीले जनाएकाे छ।

 

राष्ट्रपतिद्वारा वाचन भएको “सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु” भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक मात्रै भनेर “त्यो पर्दैन” भनी शपथग्रहण गरेपछि जसपाले पुन: शपथ गर्न माग गरेकाे हाे।

 

अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, “प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक  त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ।”

 

यस्तै, राजदूत नियुक्तिमा समेत संविधान बाहिर गएर समावेशी सिद्धान्त कुल्चिएकाे आराेप जसपाले लगाएकाे छ। यादवले राज्यकाे सबै अंगहरूमा समावेशी मान्यता लागू गर्न माग समेत गरेका छन्।

 

साथै, काेराेनाको दोस्रो लहरले जनता आक्रान्त भएको अवस्थामा स्वास्थ उपचार, अक्सिजन, भेन्टिलेटरकाे समेत उपलब्ध गराउन पनि जसपाले सरकारसँग माग गरेकाे छ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *