काठमाडौं : चीनले अनुदानमा दिने भनेको २० हजार अक्सिजन सिलिन्डरमध्ये झण्डै एक हजार थान ल्याइएको छ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमानले सोमबार ५ सय ७५ र आइतबार ४ सय थान गरी ९ सय ७५ थान सिलिन्डर ल्याएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।

उनका अनुसार दुई दिनमा १ सय ५७ वटा अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ। पौडेलले निगमको विमान अक्सिजन सिलिन्डर लिनका लागि आज सोमबार राति बेइजिङ जाने र मंगलबार फर्कने जानकारी पनि दिएका छन्।

उनले अब दैनिकजसो उडान गरी सिलिन्डर ल्याइने बताएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *