साताको दोस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार ९ सयले बढेको थियो ।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो। बिहीबार सुन आज चार सयले घटेको थियो। शुक्रबार भने स्थिर रहेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३५५ मा कारोबार भइरहेको छ।

