काठमाडौं : नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर  निगमको वाइड बडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौँ ल्याएको हो। अक्सिजन सिलिण्डर लिन निगमको जहाज शनिबार बिहान मस्कट उडेको थियो।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइडबडी जहाज शनिबार नै राति ११ बजे त्यसतर्फ उडेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *