स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ३५६ पुगेको छ।

नेपालमा आज ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ५२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

यससँगै संक्रमितको कूल संख्या ४ लाख ५५ हजार ७२ जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ पुगेको छ।

आज १४५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ।

हालसम्म २७ लाख ७१ हजार २० जनाको परीक्षण गरिएको छ । आजको परीक्षण १९ हजार ८८३ रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *