काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताएका छन्।

यसअघि बाबुरामले प्रधानमन्त्रीलाई भेटेको विषयमा अनेक टिप्पणी हुन थालेपछि उनले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको बताएका हुन्।
आफूले प्रधानमन्त्री ओलीलाई भेटेर देशमा देखिएको संकट समाधानका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत बताएका हुन्।
“मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो,” भट्टराईले लेखेका छन्, “वहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ ।सोचौं!”

