कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिएको छ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोप केन्द्रहरु मार्फत् खोप लगाउन सुरु गरिएको हो। भेरोसेल खोप लगाउनका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए। शाक्यले सहज रुपमा खोप लगाउन पाउने व्यवस्था गरिएको पनि जानकारी दिए। उनले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दुरी कायम गरी खोप लगाउन आग्रह गरे। उनले खोप लगाईसकेपछि कुनै समस्या आएमा स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउन आग्रह गरे।

काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य निर्देशक हरी कुँवरले भेरोसेल खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि ११ गतेसम्म लगाइने बताए। उनले फागुन २५ देखि वैशाख १५ गतेभित्र भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई आफ्नो नजिकको केन्द्रमा गएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने बताए। निषेधाज्ञाको समयमा खोप कार्डमार्फत आवत् जावत् गर्न सकिने व्यवस्था मिलाइएको छ। पहिलो मात्रा लगाएको भएपनि कोरोना संक्रमित भएको ३० दिनभित्र भने खोप लगाउन नमिल्ने उनले बताए।

काठमाडौं महानगरपालिकाले तोकेको ३२ वटा खोप केन्द्रहरुमा नन्दीरात्री स्कुल नक्साल, २ नं. वडा कार्यालय, ३ नं. वडा कार्यालय महाराजगञ्ज, विशाल मिलन केन्द्र चण्डोल, ५ नं. वडा कार्यालय परिसर हाँडीगाउँ, महेन्द्र बौद्ध उच्च मा.वि., पुरानो हिमालय विद्यामन्दिर हालको युरो किंगडम रातोपुल, ८ नं. वडा कार्यालय, गुह्येश्वरी मा.बि., डोनाल्ड रेष्टुरेन्ट बानेश्वर रहेका छन्।

त्यस्तै, विश्व निकेतन स्कुल, बुद्धमाई सेन्टर टेकु, जनप्रभात मावि कालिमाटी, १४ नं. वडा कार्यालय भुवनेश्वरी मन्दिर चौर, भुईखेल चौर स्वयम्भु, जुडो हल नयाँबानेश्वर, पब्लिक युथ क्याम्पस, पुष्पलाल पार्क, सामुदायिक शहरी स्वास्थ्य क्लिनिक १९ वडा परिसर, शान्तिकुञ्ज स्कुल र सामुदायिक शहरी स्वास्थ्य क्लिनिक २१ वडा यंगाललाई खोप केन्द्र तोकिएको छ।

बाँकी खोप केन्द्रहरुमा टेवहाल वडा कार्यालय, नवआदर्श स्कुल बसन्तपुर, इतुमबहाल तारणी वहाल, कन्यामन्दिर स्कुल, वडा परिसर लैनचौर, महावौद्ध चोक, २८ नं. वडा कार्यालय, विजय स्मारक स्कुल, ज्ञानेश्वर चोक, भिमसेनगोला स्कुल र ३२ नं. वडा कार्यालय रहेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *