सरकारले पहिलो डोज खोप नलगाएका व्यक्तिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउने हेतुले प्रक्रिया अगाडी बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना व्यवस्थापन ईकाईको निर्णयअनुसार कोभिड १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरुले आफैंले प्रि–रजिस्ट्रेसन फारम भर्न तथा भराउनका लागि वेबसाइट र एप तार पारिएको छ ।

त्यसैले पहिलो चरणको खोप लगाउन यो फारम अनिवार्य भनुपर्ने हुन्छ । फारम भरेका व्यक्तिहरुले प्राथमिकताको आधारमा खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको सूचनामा भनिएको छ ‘यो फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूलाई भर्न आह्वान गरिएको छ, । यदि तपाईंले पहिलो चरणका खोप लगाउन भएको छैन भने उक्त आवेदन फारम भरेर सहजीकरण गर्न आम सर्वसाधारणलाई सरकारले आग्रह गरेको छ ।

जसका लागि तपाईं स्वास्थ्य मन्त्रालयको यो बेबसाइट क्लिक गर्नुहोस र त्यहाँ रहेको स्वयं आवेदन दर्ता, अन्य व्यक्ति मार्फत आवेदन दर्ता, संस्था मार्फत आवेदन दर्ता मध्य एक विकल्प छनोट गनुपर्ने हुन्छ । त्यहाँ दिएको अप्सन भरिसकेप  विवरण पेश गर्नुहोस ।

पेश गरिसकेपछि दर्ता कार्ड वा दर्ता नम्बर र तपाईंको परिचय खुल्ने परिचयपत्रसहित खोप अभियान संचालन भएको वखत, खोप केन्द्रमा आउन अनुरोध गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *