साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। सुन आज ९ सयले बढेको हो।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो। बिहीबार सुन आज चार सयले घटेको थियो। शुक्रबार भने स्थिर रहेको थियो ।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३५० मा कारोबार भइरहेको छ।

