काठमाडौंः काठमाडौं रेजर्स पहिलो संस्करणको नेपाल सुपर लिगको च्याम्पियन बनेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो । काठमाडौंले पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि उचाल्न सफल भएको हो । काठमाडौंलाई जित दिलाउन मेसोकै ओलोमोउले २२औं निर्णायक गोल गरेका थिए । जितसँगै काठमाडौंले नगद ३५ लाख प्राप्त गरेको छ भने उपविजेता धनगढीले १५ लाखमा चित बुझाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *