इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा प्यालेस्टिनीहरूबारे द्वन्द्व चर्किएको सातौँ दिन पुग्दा रकेट आक्रमणलाई जारी राख्ने कडा प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार सबेरै गाजामा इजरायली हवाई आक्रमणका कारण कम्तीमा ३ प्यालेस्टिनीहरूको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ।

प्यालेस्टिनी विद्रोहीहरूले तेल अभिभतिर रकेट प्रहार गरेपछि उनीहरू बमबाट बच्ने क्षेत्रतिर लागेका थिए।

अन्तर्राष्ट्रिय समुदायले चर्कँदो द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ।शनिबार अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहू र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै चिन्ता जाहेर गरेका थिए।

शनिबार संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्‌को बैठक तय गरिएको छ।

सोमबार लडाइ शुरू भएयता कम्तीमा गाजामा १४८ जना मानिसहरूको मृत्यु भएको छ। इजरायलमा दुई बच्चा सहित १० जना मारिएको बताइएको छ।

इजरायलले गाजामा मृत्यु भएकामध्ये दर्जनौँ लडाकुहरू रहेको बताउँछन्। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार मृतकमध्ये ४१ जना बालबालिका रहेका छन्।

टेलिभिजनमार्फत बोल्दै प्रधानमन्त्री नेतान्याहूले “आवश्यक परेसम्म’ कारबाही जारी रहने भन्दै नागरिक नपरुन् भनेर हर सम्भव प्रयास जारी रहेको बताए।”

नेतान्याहूले भने, “आक्रमणको दोषी हामी होइनौँ, हामीमाथि आक्रमण गर्नेहरू हुन्।”

पूर्वी जेरुसलेममा इजरायली र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि गत छ दिनदेखि हिंसा चर्किएको छ।

गाजामा नियन्त्रण जमाएको प्यालिस्टिनी विद्रोही समूह हमासले त्यहाँबाट इजरायली फौज हटाउन चेतावनी दिँदै आक्रमण गरेपछि प्रत्याक्रमण भएको थियो।

गाजा शहरको पश्चिममा रहेको शरणार्थी शिविरमा रहेका एउटा परिवारका दश जनाको इजरायली हवाई आक्रमणमा परेर ज्यान गएको थियो।

केटाकेटीका बाबु मोहम्मद अल हदिदि त्यसबेला घरमा थिएनन्। उनका अनुसार त्यहाँ महिला र केटाकेटी मात्र थिए र शान्त बच्चाहरू इद मनाइरहेका थिए।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *