nepal airlines

काठमाडौं :नेपाल वायुसेवा निगमले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँँदै छ।

गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ‘ए’ ३३० जहाज आज मस्कट उडेको हो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज बिहान मस्कटका लागि उडान भरेको वाइड बडी जहाज आज साँझ काठमाडौँ फर्किने निगमले जनाएको छ।

यसैगरी, बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ः०० बजे बेइजिङ्ग उडान भर्न लागेको हो।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र आजै राति चीनको बेइजिङ्गमा सङ्कलित अक्सिजन सिलिन्डर र कन्सर्नटेटरलगायत अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए। उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठवटा अक्सिजन जेनेरेट पनि ल्याउने तयारी भइरहेको छ। उक्त प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइने छ।                                         -“नागरिक न्युज”बाट

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *