नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ । मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ ।


