बिहीबार घटेको सुनको मूल्य शुक्रबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९१ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य बिहीबारकै मूल्य ९१ हजार एक सय रूपैयाँ कायम गरिएको छ । बिहीबार १० रूपैयाँ घटेको चाँदी शुक्रबार ५ रूपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार तोलामा एक हजार ३३५ रूपैयाँ कायम गरिएको चाँदी शुक्रबारको लागि १ हजार ३३० रूपैयाँ तोकिएको हो ।

