काठमाडौं : जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली नेपाली राजनीतिमा पुनः चतुर साबित भएको धारणा उल्लेख गरेका छन्।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले लामो समयदेखिको पार्टी विवादमा चतुर्याइँपूर्ण ढङ्गले समाधान निकालेपछि भट्टराईले ट्विटरमार्फत यस्तो धारणा व्यक्त गरेका हुन्।
वैकल्पिक सरकार दिन प्रतिपक्षी दल चुक्नु विडम्बनापूर्ण भएको बताउँदै डा.भट्टराईले सिद्धान्तहीन, खुराफात र किनबेचमा पतन भएर नेपाली राजनीतिमा ओली पुनः चतुर साबित भएको कुरा बताएका हुन्।
उनले अदालत, संसद, मिडिया र आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्न आवश्यक रहेको तथ्यमाथि जोड दिँदै सबैलाई आत्मसमीक्षा गर्न पनि अनुरोध गरेका छन्।
“जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्।”, भट्टराईले ट्वीटरमा लेखेका छन्, “अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !”

