काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलकका नेता ओलीलाई बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्को विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन सफल भएनन् । ” जसपा” को महन्थ ठाकुर पक्षले नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनलाई साथ दिएन भने एमालेको खनाल-नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि राजीनामा दिन सकेनन् । यसप्रकार, बहुमत नपुग्ने भएपछि विपक्षी गठबन्धनले सरकारका लागि दाबी गर्न सकेन।

त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसद्को सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिएकी हुन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ, नत्र धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जानेछ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार आज अपरान्हतिर ओलीले प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *