increse price

वैशाख महिनाको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २ हजार ६८४.०१ बिन्दुमा पुगेको छ ।

यो दिन नेप्से परिसूचक बुधबारको तुलनामा १० दशमलव १३ अंक अर्थात ०.३८ प्रतिशत बढेको हो । यो दिन नेप्से २ हजार ७०० दशमलव ९८ बिन्दुदेखि खुला भएको थियो । निकै उतार-चढाब देखिएको बिहीबारको बजारमा ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.१२ अंकले बढेर ४७९.५० बिन्दुमा पुगेको छ ।

यस दिन नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार संख्या र रकम दुवैमा सुधार भएको छ । बुधबार २१५ कम्पनीको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर कुल ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा खरिद-बिक्री भएको थियो । जबकि बिहीबार २१८ कम्पनीको २ करोड १७ लाख ८६ हजार ७७२ कित्ता सेयर कुल ७ अर्ब ४ करोड ८८ लाख ४३ हजार ८१६ रुपैयाँमा खरिद-बिक्री भएको छ ।

यस दिन बैंकिङ समूह ०.१८ प्रतिशत, विकास बैंकको २.५१ प्रतिशत, जलविद्युतको १.४१ प्रतिशत, निर्जीवन बिमाको ०.०४ प्रतिशत परिसूचक बढेको छ । त्यसैगरी अन्यको ०.६२ प्रतिशत, लघुवित्तको ०.१ प्रतिशत, जीवन बिमाको ०.४९ प्रतिशत र म्युचुअल फन्डको ०.६४ प्रतिशत परिसूचक बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा व्यापारिक समूह र होटल्स तथा पर्यटन समूहको समान ०.६ प्रतिशत परिसूचक घटेको छ भने उत्पादन तथा प्रशोधनको ०.३ प्रतिशत र लगानी समूहको ०.३९ प्रतिशत घटेको छ ।कोभिडका कारण देशमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहँदा बैंक तथा वित्तीय संस्थासँगै सेयर बजारमा पनि निरन्तर सञ्चालनमा रहेको छ । कारोबार र रकम भुक्तानीलाई अनिवार्य अनलाइन गरिएकाले बजारले निरन्तरता पाइरहेको हो ।

दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

यस दिन दिव्यश्वरी हाइड्रोपावर, समता घरेलु लघुवित्त, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, र युनियन हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । रिडी हाइड्रोपावर, राष्ट्रिय बिमा कम्पनी, छ्याङ्दी हाइड्रोपावर, सिभिल लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य भने करिब २-२ प्रतिशतले घटेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *