सिद्धार्थ बैंक लिमिटेडले बुधबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख र आफ्ना शाखा रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाखका दरले ३४ लाख सहयोग गरेको हो ।

हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा बैंकले देशभरका विभिन्न शाखाबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले हकलाई त्यस्ता डिजिटल बैंकिङ सेवाको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहकयोग गर्न आग्रह गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *