नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ३ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार ४ सय रूपैयाँ घटेको हो ।

बुधबार तोलामा ९२ हजार रूपैयाँ कायम गरिएको छापावाल सुन बिहीबारको लागि ९१ हजार ६ सय रूपैयाँ तोकिएको छ । त्यस्तै बुधबार ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज ९१ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार स्थिर रहेको चाँदीको मूल्य आज १० रूपैयाँ घटेको छ । महासंघका अनुसार बुधबार तोलामा एक हजार ३४५ रूपैयाँ कायम गरिएको चाँदी बिहीबारको लागि १ हजार ३३५ रूपैयाँ तोकिएको हो ।

