एमाले अध्यक्ष केपी शर्मा ओलीले निलम्बन फुकुवाको पत्र नेता माधवकुमार नेपालसहित चारै जनालाई पठाएका छन्।

पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीको सदस्यताबाटै निलम्बन गरेकोमा उक्त कारवाही फुकुवापछि पार्टी कार्यालयका कर्मचारीमार्फत नेताहरूलाई पत्र पठाएका हुन्।

पार्टी कार्यालय सचिव तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले चारैजना नेताहरू पत्र पठाएको जानकारी दिए।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको निलम्वन फुकुवा गरेको थियो।

उनीहरूलाई चैत १६ गते ओलीले निलम्वन गरेका थिए। पार्टी एकताविरोधी गतिविधि गरेको आरोप उनीहरूमाथि लागेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *