gold

साताको चौथो दिन आज सुनको मूल्य सामान्य घटेको छ। सुन आज तीन सयले घटेको हो।

आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन बिहीबार ३ सयले नै बढेको थियो। शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदी तोलामा एक हजार ३४५ मा कारोबार भइरहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *