काठमाडौं : नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले झण्डै चार घण्टा भर्चुअल छलफल गरेको छ । मङ्गलबार दिउँसो१२ बजेबाट चार बजेसम्म चलेको भर्चुअल छलफलमा परिस्थिति हेरेर स्थायी कमिटीले आवश्यक निर्णय लिने निचोड निकालेको बेदुराम भुसालले जानकारी दिए ।

भर्चुअल छलफलमा संसदमा अनुपस्थित भएको निर्णयको विषयमा समीक्षा गरेको र अहिलेको परिस्थितिबारे छलफल गरेको भुसालको भनाइ थियो ।
“केपी ओलीलाई विश्वासको मत दिन सकिँदैनथ्यो, हिजो संसद्मा अनुपस्थित भएर ठीकै गरियो भन्ने नै निचोड थियो,” उनले भने, “अबको परिस्थितिमा के उपयुक्त हुन्छ, परिस्थिति हेरेर निर्णयमा पुग्ने जिम्मा स्थायी कमिटीलाई दिइसकिएको छ, फेरि पनि त्यही हुन्छ ।”

