नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले, भयावह रुपमा देशभरी फैलिएको कोरोना महामारीको नियन्त्रण र त्यसको सहजताका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गतबर्ष पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको र अहिले पनि सोही भूमिका निर्वाह गरिरहेको छ । यसै क्रममा नाडाले एपिएफ अस्पताललाई नाडाद्वारा स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५००० वटा समेतगरी कूल ५ थरिका मेडिकेटेड सामानहरु कोरोना नियन्त्रणका लागि उल्लेखनिय भूमिका निर्वाह गर्दे आएको नेपाल एपिएफ अस्पताल अन्तर्गतको कोभिड-१९ युनिफाईड अस्पतालका प्रा.स प्र उपनिरिक्षक डा. मिना कुँवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका हुन् । हस्तान्तरणका क्रममा अध्यक्ष दुलालले नाडाकातर्फबाट सक्दो थप सहयोगसमेत गरिने बताए ।
सो कार्यक्रममा डा.मिना कुँवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पुर्याएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरुप प्राप्त मेडिकेटेड सामानहरु अस्पतालमा आएका विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने समेत बताइन् । हस्तान्तरण कार्यक्रममा अस्पतालकातर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ्ग मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मी अधिकारीसमेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठसमेतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन महासचिव रिजालले गरेका थिए।

