काठमाडौं : अत्यावश्यक स्वास्थ्य सामग्री लिन बेइजिङ गएको विमान आज आइपुग्दै छ।

गएराति बेइजिङ गएको नेपाल एयरलाइन्सको वाइड बडी जहाज आज दिउँसो साढे २ बजेपछि काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। उक्त विमानले चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिएर आउने नेपाल वायु सेवा निगमले जनाएको छ।
निगमका अनुसार जहाजले चीनबाट ४ सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर ल्याउनेछ। चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिइएको छ।

स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *