काठमाडौं : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ ।

अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो ।

‘अन्य ल्याबको किट हामी प्रयोग गर्दैनौं । सप्लायर्सले दुई दिनभित्र उपलब्ध गराइदिन्छु भनेको छ,’ उनले भने, ‘किट आएपछि परीक्षण पुनः सुरु गछौं ।’

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *