प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिक्षेत्रको उत्पादन वृद्धिदर ६ प्रतिशत पुगेको बताएका छन्। कोरोना महामारीका बेला पनि कृषिक्षेत्रमा उत्पादन वृद्धिदर राम्रो रहेको उनले बताए।

प्रतिनिधिसभामा विश्वासको मत माग्ने सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले महामारीका बेलामा पनि धानमा ९ प्रतिशत, मकैमा ६ प्रतिशत र अरु सालाखाला गर्दा पनि करिब ६ प्रतिशतको कृषि उत्पादनमा वृद्धि भएको बताए।
कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण बनाउनतर्फ विभिन्न कार्यक्रम अघि बढाइएको उनले बताए ।

