काठमाडौं :एमालेको खनाल नेपाल समूहले आफूहरुले दिएको समयसीमामा अध्यक्ष ओलीले कुनै जवाफ नदिएपछि अब नकुर्ने बताएको छ । सो समूहका सांसदहरुले अब सामूहिक राजीनामाको विकल्प नभएको पनि बताएका छन् ।
‘अब हामी कुर्दैनौं । सामूहिक राजीनामाको अन्तिम विकल्पमा जान बाध्य भयौँ’, सांसद् मेटमणि चौधरीले भने, ‘ओली पार्टी एकताको विरुद्धमा छन् भन्ने कुरा पुष्टि भयो । ’
खनाल -नेपाल समूहका सांसदहरु अहिले सिंहदरबारमा भेला हुँदैछन् । भेला भएपछि सामूहिक राजीनामा दिने तयारी गरेको सांसद चौधरीले जानकारी दिए ।


