प्रधानमन्त्री केपी ओली निकटका सुवास नेम्वाङ र विष्णु पौडेल तथा माधव नेपाल निकट रहेका घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईबीच शुक्रबार भएको छलफलमा करिबकरिब सहमति जुटेको थियो।

दुवै पक्षका नेताबीच २०७५ जेठ २ गतेको अवस्थामा पार्टीको बैठक राख्ने त्यही बैठकले माओवादीबाट एमालेमा आएका नेतालाई पनि जिम्मेवारी दिने, महाधिवेशन गर्ने तथा पुरानै स्थायी कमिटी राख्ने विषयमा छलफल भएको थियो। त्यसमा नेपाल पक्षका नेता तयार भएका थिए।

ओली पक्षले पदाधिकारीलाई राख्ने कि नराख्ने भन्नेबारेमा ओलीलाई सोध्नुपर्ने बताएपछि यस विषयमा थप छलफल गर्ने भनिएको थियो। नेपाल पक्षले तत्कालीन जिल्ला अध्यक्षलाई कायम राख्ने भन्दा ओली पक्षले अहिले ओली समूहले नियुक्त गरेका जिल्ला अध्यक्ष कायम हुनुपर्ने अडान लिएको थियो। यस विषयमा नेपाल पक्षका नेताले नेपाललाई सोधेर जानकारी दिने भनेका थिए।

ओलीले पदाधिकारी नदिने, हाल नियुक्त जिल्ला अध्यक्ष नहटाउने र नेपाल पक्षका नेताका बारेमा पनि केही नगर्ने जस्ता कुरा राखेपछि नेपाल पक्ष बिच्किएको थियो। ओली पक्षले शुक्रबारको बैठकलाई शनिबार पनि निरन्तरता दिने भनेको थियो तर संवाद नै हुन सकेन।

ओली पक्षले पदाधिकारी नब्युँताउने, साबिकको स्थायी कमिटी होइन, अहिलेको स्थायी कमिटीमा पदाधिकारी थपिने भएमात्रै कुरा अघि बढ्ने नत्र ओली नमानेको जानकारी गराएपछि संवाद टुटेको स्रोतको दाबी छ। ‘ओलीले चाहे एक मिनेटमा विवाद अन्त्य हुन्छ। उनले नै विवाद मिलाउन चाहेका छैनन्, जसरी पनि पार्टीबाट निष्कासन गर्न खोजेका छन्’, नेपाल निकट एक नेताले भने।

यो समाचार नागरिक दैनिकमा छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *