काठमाडौं : नेकपा एमालेको खनाल नेपाल समूहका नेताहरुले राजीनामा दिने वा नदिने भन्ने बारेमा मतभेद भएको छ।

गएराति प्रधानमन्त्री ओलीलाई दबाब दिनका लागि राजीनामा दिने निष्कर्षमा पुगेको यो समूहका केही नेता भने राजीनामा नदिने पक्षमा देखिएका छन्। खनाल-नेपाल समूहका माधव कुमार नेपाल, भीम रावल लगायतका केही नेता राजीनामा दिने पक्षमा रहेका छन् भने सुरेन्द्र पाण्डेले भने राजीनामा नदिने बताउँदै आएका छन्।

यही विषयमा छलफल गर्न यो समूहले स्थायी कमिटी बैठक बोलाएको छ। जुमबाट बैठक बस्ने भन्दै एमाले नेता युवराज ज्ञवालीले समय भने टुंगो लागिनसकेको बताएका छन्।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *