काठमाडौं : नेकपा एमालेका माधव नेपाल समूहका सांसदहरू संसद् सचिवालयमा भेला हुन थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् विश्वासको मत लिदै गर्दा माधव समूहका नेताहरू आज सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।

माधव समूहले पार्टी एकताका लागि ओलीले एकलौटी गरेको निर्णय फिर्ता गरेर २०७५ जेठ २ गतेमा फर्कनुपर्ने बताउँदै आएका छन्। तर, ओली आफ्नो निर्णयबाट फर्कन चाहेका छैनन्।

यसअघि माधव समूहको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले ओलीले निर्णय फिर्ता नगरे सामूहिक राजीनामा दिने निर्णय गरेको एक नेताले बताए।

यसैबीच नेता नेपाललाई भेट्न नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल संसद् सचिवालयमा पुगेका छन्। अन्य सांससहित आइतबार दिउँसो करिब साढे ३ बजे नेपाल संसद् सचिवालय पुगेका थिए। उनलाई भेट्न अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरु केहीबेर अघि संसद् सचिवालयमा पुगेका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *