काठमाडौं : नेकपा एमालेको खनाल-नेपाल समूहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको सो समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
“फागुन २३ को फैसलाअनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो । हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौं र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिबद्धता खोजेका छौं। त्यसका लागि भोलि बिहान नौ बजेसम्मको समय दिएका छौ’, बैठकपछि नेता योगेश भट्टराइले जानकारी दिए ।
ओलीले भोलि बिहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने कुरा नेेेता भट्टराईले बताए ।
उनले ओलीले जेठ २ मा फर्कने प्रतिबद्धता जनाए आफूहरु वैशाख २७ बस्ने संसद् बैठकमा सहभागी हुने पनि बताए ।

