कोरोनाबाट संक्रमित भएका संघीय सांसदहरुको नामावली सार्वजनिक भएको छ। संसद सचिवालयका अनुसार एमालेका १४ जना सांसदमा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै जनता समाजवादी पार्टीका ४ र नेपाली कांग्रेसका दुई जनामा कोरोना संक्रमण देखिएको छ।

संसद सचिवालयका अनुसार एमालेबाट संक्रमित  हुनेमा मुकुन्द न्यौपाने, लालबाबु पण्डित, राजेन्द्र गौतम, मायाँ न्यौपाने, नन्दलाल रोका क्षेत्री, गोपाल बम, जुली महतो, रघुबीर महासेठ, किसान श्रेष्ठ, पुष्पकुमारी कर्ण, शान्ति पाख्रिन, बिना कुमारी श्रेष्ठ, झलनाथ खनाल र भानुभक्त ढकाल छन्।

त्यस्तै जनता समाजवादीबाट लक्ष्मणलाल कर्ण, रेनुका गुरूङ, रामबाबु यादव र नरमाया ढकाल छन्। कांग्रेसका भने पार्वती डिसी चौधरी र नमिता चौधरी र माओवादीबाट बिना मगर र शुरेश राई संक्रमित रहेको सचिवालयले जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *