काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा मात्रै २ हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ संक्रमित थपिएका हुन्।

यस्तै नेपालमा आज कोरोना संक्रमितको संख्या केही घटेको छ । आज ८ हजार ४१८ जना थपिएका छन् । शुक्रबार ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज एन्टीजेन परीक्षणबाट १३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ।

सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बुधबार ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै बिहीबार ९ हजार ७० जना संक्रमित थपिएका थिए ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७७० जना निको भएका छन्। बिहीबार २ हजार ७०७ जना निको भएका थिए । शुक्रबार २ हजार ९०५ जना निको भएका थिए । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७८५ पुगेको छ।

आज ५३ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ।

हालसम्म २६ लाख १५ हजार ७२० जनाको परीक्षण गरिएको छ । आजको परीक्षण १८ हजार ३०४ रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *