कोरोना सङ्क्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको स्वास्थ्यमा सुधार आएको छ।

स्वास्थ्यमा सुधार हुन थालेपछि उनलाई आइसियूबाट साधारण बेड (स्पेसल क्याबिन) मा सारिएको अस्पतालले जनाएको छ।

पूर्वरानी कोमल कोरोना सङ्क्रमण भएपछि वैशाख ७ गतेबाट नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन्। श्वासप्रश्वासमा अत्यधिक समस्या देखिएपछि उनलाई आइसियू भर्ना गरिएको थियो।

“आइसियूमा राखिएपछि उहाँलाई प्रति मिनेट १०लिटरसम्म अक्सिजन दिइएको थियो। उहाँलाई प्लाज्मा थेरापीद्वारा उपचार गरिएको थियो,” उपचारमा संलग्न डा. जेपी जैसवालले बताए।

डा.जैसवालले भने, ” अहिले पूर्व रानी कोमललाई प्रति मिनेट ५ लिटर अक्सिजन दिइरहेका छौँ।उहाँ खतरामुक्त हुनुहुन्छ।”

पूर्वराजा, पूर्वरानीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमित भएपछि नर्भिक अस्पताल भर्ना भएका थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *