उदयपुर : टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएकाे छ । कटारी नगरपालिका-११ ,हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा धरान-५ का १८ बर्षीय सुभास परियारको मृत्यु भएको हाे ।
धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरमाथि सडकमा बिग्रिएको थियाे ।सोही सुमोमा सवार सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका थिए । उपचारको लागि उनलाई कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा टोली खटाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *